नेकपा एमालेका नेता बाँस्कोटाकाे आक्राेश, ‘दूध ख्वाएर पालेका साँपले डसे’

नेपालखोज २०७८ जेठ ६ गते १९:२४

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ पराजित भएपछि सामाजिक सञ्जाल मार्फत कडा प्रतिक्रिया दिएका छन् ।

उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट धाेका भएकाे भन्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँगै कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।

’आज भएको बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया