बुधबार, असार ११, २०८२

कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न सोनिया गान्धीको माग

नेपालखोज २०७८ जेठ ६ गते २१:१५

दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनीया गान्धीले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पत्र लेख्दै उनले कोरोनाका कारण बावुआमा दुवै गुमाएका वा कमाउने व्यक्ति गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी हुन् । कोरोनाका कारण अविभावक गुमाएकै कारणले कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुनु नहुनेमा उनले जोड दिइन् ।

त्यस्तै, भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा भारी गिरावट आएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा जम्मा ३ हजार २ सय ३१ जनामा संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यो संख्या अप्रील १ पछिको सबैभन्दा कम हो । दिल्लीमा कोरोना पोजेटिभ हुने दर पाँच प्रतिशतमा झरेको बताइएको छ । त्यस्तै ९५ प्रतिशत भन्दा धेरै संक्रमितहरु निको हुन थालेका दिल्ली सरकारले जनाएको छ ।

प्रतिक्रिया