बुधबार, असार ११, २०८२

श्रीलङ्कामा विदेशी यात्रुहरूलाई प्रवेशमा रोक

नेपालखोज २०७८ जेठ ६ गते २१:१९

श्रीलङ्का । श्रीलङ्काले आगामी दश दिनका लागि विदेशी यात्रुहरूलाई प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ संक्रमण वृद्धिलाई रोक्न तथा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले आज जानकारी गराएको छ ।

श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले भोलीदेखि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न नदिने भएको छ ।

यद्यपी अन्तर्राष्ट्रिय उडानहरू भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानहरूको आगमनलाई पनि अनुमति दिइएको छ । श्रीलंकामा हालसम्म डेढलाख व्यक्ति सङ्क्रमित भएका छन् भने १ हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया