मंगलबार, वैशाख ३०, २०८२

स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखोज २०७८ जेठ ७ गते १०:५६

झापा । स्कारपियोको ठक्करबाट झापामा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

कमल गाउँपालिका-३ सानो केर्खामा प्रदेश ३-०१-०२४च ४५३५ नंको स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युु हुनेमा शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया