कांग्रेसले अरु दलसँग छलफल गरेर ठोस् कदम चाल्ने

नेपालखोज २०७८ जेठ ७ गते ११:२३

काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदम संविधानको मर्म र भावनाविपरीत ठहर गर्दै सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिले आज साँझसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि आज बिहानै कांग्रेसको बैठक बसेको हो ।

अहिलेको सरकारको विकल्पका लागि अरु दलसँग छलफल गरी निष्कर्षमा पुुग्ने निर्णय भएको कांग्रस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठक आज बिहान ९ बजे बोलाए पनि पौने १० बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । बैठक केही बेरअघि सकिएको हो ।

अहिले केहीबेरमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग छलफल गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया