‘सरकार ढाल्ने खेलका कारण अरू काममा ध्यान केन्द्रित हुन सकेन’ (भिडियोसहित)
नेपालखोज
२०७८ जेठ ७ गते १३:३५

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलका कारण अरू काममा ध्यान केन्द्रित हुन नसकेकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।
बालुवाटारमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले खास कारण विना नै आफूलाई प्रधानमन्त्रीबाट हटाउन एक वर्ष अघिदेखि विभिन्न खेल भइरहेको र यस्ता खेलका कारण काेभिड-१९ महामारी नियन्त्रण, विकास निर्माणजस्ता काममा केन्द्रित हुन नपाएकाले नयाँ सरकारका लागि पछिल्लो कदम भएको बताएका छन् ।
सरकारमाथि प्रहार र काम गर्न नदिने वातावरणकै कारण यसअघि संसद् विघटन गरिएको र यदि त्यहीअनुसार सबै दल जुटेका भए यतिबेला नयाँ संसद् र सरकार पाइ देशले गति लिने भए पनि आफ्नो त्यो प्रयास सफल नभएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया