मंगलबार, वैशाख १६, २०८२

भारतमा कोरोना : पछिल्लो १९ दिनमा ७५ हजार बढी संक्रमितको मृत्यु

नेपालखोज २०७८ जेठ ७ गते १३:४५

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । पछिल्लो १९ दिनमा भारतमा ७५ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै क्रमश: धेरै मृत्यु हुने क्षेत्रमा दक्षिणी राज्य कर्नाटक, राजधानी दिल्ली, उत्तर प्रदेश तथा तमिलनाडु रहेका छन् ।

भारतमा पछिल्लो दुई महिनायता कोरोना भाइरसको दोस्रो लहरले जनजीवन प्रभावित बनाएको छ । मे महिनामा त रेकर्ड तोड्दै दैनिक संक्रमितको संख्या चार लाखभन्दा बढी देखिएको एबीपी न्युजले समाचारमा जनाएको छ ।

यद्यपि अहिले कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा भने घटेको छ । अहिले दैनिक साढे २ देखि ३ लाख जनामा संक्रमण देखिएको छ । मे महिनाको १९ दिनमा मात्रै भारतमा कोरोना संक्रमणको आतंक नै फैलिएको छ । यो १९ दिनमा ७५ हजारभन्दा बढी मानिसको कोरोनाकै कारण मृत्यु भएको छ ।

१९ दिनमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमितको मृत्यु भएको छ । जहाँ १९ दिनमा १५ हजार पाँच सय ५८ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिण राज्य कर्नाटकमा सात हजार सात सय ८३ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा ६ हजार एक सय ९९ जना, उत्तर प्रदेशमा पाँच हजार सात सय ८२ जना र तमिलनाडुमा चार हजार ६ सय ८८ जनाको मृत्यु भएको छ ।

भारतका बाँकी राज्यमा मृत्यु हुनेको तथ्यांक :
छत्तीसगढ- ३६०१
पन्जाब- ३५०३
राजस्थान- २९८०
हरियाणा- २८६०
उत्तराखण्ड- २७०१
पश्चिम बंगाल- २३८९
गुजरात- २१५७
झारखण्ड- १९९४
आन्ध्र प्रदेश- १६९४
मध्य प्रदेश- १६११
बिहार- १५८३
केरल- १४१६
असम- ११२६
जम्मु-कश्मीर- १०७२
गोवा- १०६०
हिमाञ्‍चल प्रदेश- १०३२
तेलङ्‌गाना- ७७६
पुद्दुचेरी- ४३६
ओडिशा- ३३५
मणिपुर- २३०
मेघालय- २०८
चण्डीगढ- १७८
नागाल्यान्ड- ११९
सिक्किम- ६७
त्रिपुरा- ५३
अरुणाञ्‍चल प्रदेश- ३०
लद्दाख- ३०
अन्डमान निकोबार- २५
मिजोरम- १५
लक्षद्वीप- १४
दादर नगर हवेली- दमन दीव- 0 (शून्य)

प्रतिक्रिया