जसपा कार्यकारिणी समिति बैठक बिना निष्कर्ष टुंगियो

नेपालखोज २०७८ जेठ ७ गते १४:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ। जसपा अध्यक्ष महन्थ ठाकुरले सूचना जारी गरी केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित गरिएको जनाएका छन्।

कोभिड–१९ को महामारी बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको ठाकुरले जनाएका छन्। यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरी ८ र ९ जेठमा केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेका थिए। तर, अहिले ठाकुरले मात्रै सूचना जारी गरी बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया