आफ्नै दलका सांसदहरु पार्टीविरुद्ध लागे : ओली

नेपालखोज २०७८ जेठ ७ गते १४:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका सांसदहरु पार्टीविरुद्ध लागेको बताएका छन् । उनले आफूसँग नेकपा एमालेको १२१ सिट रहेको तथा वस्तुत २७ जनाले जे पनि गर्न सक्ने अवस्था देखिएको बताए ।

बालुवाटारमा पत्रकार सम्मेलनान उनले भने, ‘सैद्धान्तिक रुपमा मसँग १२१ सिट छ । तर व्यवहारिक रुपमा देखियो नि २७ जना त पार्टीलाई हलाल गर्न सक्ने देखिए ।’

उनले २७ सांसदले आफूहरुलाई जता फाइदा हुन्छ त्यतै ढल्कन सक्ने अवस्थामा रहेको बताए ।

प्रतिक्रिया