सरकारले कोरोना नियन्त्रण गरी छाड्छ : प्रधानमन्त्री
नेपालखोज
२०७८ जेठ ७ गते १४:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना महामारी नियन्त्रण गर्न लागि परेको बताएका छन् ।
बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गरेको बताउँदै कोरोना नियन्त्रणमा सरकारले आफ्नो ध्यान पूर्ण रुपमा लगाएको बताए ।
उनले बाहिर बसेर आलोचना गर्न सहज भएपनि आकस्मिक रुपमा आएको महामारी नियन्त्रण गर्न केहि समय लाग्ने बताउँदै सरकारले महामारीलाई नियन्त्रण गरि छाड्ने दावी गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया