मंगलबार, वैशाख १६, २०८२

महेन्द्रनारायण निधि अस्पतालमा कांग्रेसले दियो अक्सिजन कन्सन्ट्रेटर मेसिन (भिडियोसहित )

नेपालखोज २०७८ जेठ ७ गते १६:२३

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र ५ द्वारा गठित कोभिड-१९ व्यवस्थापन समितिले महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ ।

कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले आज (शुक्रबार) अस्पतालाई तीनवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् । सह-महामन्त्री महतले थप सातवटा मेसिन केही दिनमा पुनः अस्पताललाई उपलब्ध गराउने जानकारी दिए ।

उनले भने, ‘कोभिडका बिरामीको उपचारमा केही सहयोग होस् भनेर बजारमा यो मेसिनको अभाव भएका कारण अहिले तीनवटा मात्र हस्तारण गरेका छौं । थप सातवटा पनि चाँडै दिनेछौं ।’

अस्पतालका व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा मगरका अनुसार अक्सिजन कन्सन्ट्रेटर अक्सिजन उत्पादन गर्ने मेसिन हो । बिनासिलिन्डर यसबाट बिरामीललाई अक्सिजन दिन सकिनेछ । यस मेसिनको क्षमताले आईसीयूमा रहेका बिरामीलाई भने अक्सिजन दिन नमिल्ने उनले बताए । उनले महामारीमा यस किसिमको सहयोगप्रति आभारसमेत व्यक्त गरे ।

भिडियो :

तस्‍बिर/ भिडियाे: संगम ढकाल

प्रतिक्रिया