प्रधानमन्त्रीमा दाबी पेस गर्न देउवासहित विपक्षी दलका नेता शीतलनिवासमा

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा (एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षरसहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका हुन् ।
१४९ जना सांसदहरुको हस्ताक्षरसहित नेताहरु शितल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भएपनि नेताहरुले यसलाई अझै छलफल गर्दै गएर टुंग्याउने थापाले बताए । उनले भने– ‘पार्टीहरुको बिचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरु जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर १४९ जना सांसदहरुसहितको दाबी गर्ने भन्ने छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया