प्रधानमन्त्री ओली पनि सरकारको दाबी गर्दै शीतल निवासमा

नेपालखोज २०७८ जेठ ७ गते १६:३३

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रपति कार्यालय पर्खिरहेका छन् । एमालेका २१ जना र जनता समाजवादी पार्टीका १७ जना सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्री ओली शीतल निवासमा पुगेका हुन् ।

ओलीले अहिले राष्ट्रपतिसँग परामर्श गरिरहेका छन् भने कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया