नेपालकै चौथो पीएचडी गर्ने पूर्वसहायकमन्त्री शाहीको निधन
नेपालखोज
२०७८ जेठ ७ गते १७:१४

दैलेख । पूर्व आपूर्ति सहायकमन्त्री डा. प्रेमबहादुर शाहीको गएराति काठमाण्डौंमा निधन भएको छ । शाही २०४३ को आमनिर्वाचनबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्यनिर्वाचित भएपछि तीनवर्ष सहायकमन्त्री बनेका थिए ।
आठ वर्षदेखि दम रोगले ग्रसित ७७ वर्षीय डा. शाहीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको उनका नाति एवं शिक्षा सरोकार केन्द्रका निर्देशक मीनबहादुर शाहीले जानकारी दिए । २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रीमा पिचएडी गरेका डा. शाही कर्णाली प्रदेशकै पहिलो र नेपालको चौथो पीएचडी गर्ने व्यक्ति हुन् ।
डा. शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धी’नामक विकास विवेचना पुस्तक लेखेका छन् । २००१ जेठ ५ गते दैलेखको दुल्लु नगरपालिका १०, गमौडीको सातखम्बमा २००१ जेठ ५ मा जन्मिएका शाहीका दुई श्रीमति, एक छोरा र चार छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया