चौबीस घण्टामा थपिए ८ हजार ६०७ संक्रमित, ७ हजार ८९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार ३ सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ जना र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय गरी कुल ८ हजार ६ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ८ सय ९० जना डिस्चार्ज भएका छन् । आज ७ हजार ८ सय ९० जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ । हाल देशभर १ लाख १६ हजार १ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनाको ज्यान गएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया