काठमाडाैं उपत्यकामा हालसम्म एक लाख ८५ हजार संक्रमण मुक्त
नेपालखोज
२०७८ जेठ ७ गते १८:२३

काठमाडाैं । पछिल्लो चाैबीस घण्टामा उपत्यकामा दुई हजार चार सय ४७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैंमा एक हजार सात सय ५२ जना, ललितपुरमा चार सय जना र भक्तपुरमा दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
योसँगै काठमाडाैं उपत्यकाका तीन जिल्लामा मात्रै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख २१ हजार दुई सय २१ पुगेको छ । सङ्क्रमितमध्ये एक लाख ८५ हजार तीन सय सात जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
उपत्यकामा सङ्क्रमित भएकामध्ये दुई हजार एक जनाको ज्यान गएको छ । अहिले काठमाण्डौ उपत्यकामा ३३ हजार नौ सय १० जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया