मध्यरातमा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गयो
नेपालखोज
२०७८ जेठ ८ गते ७:०६

काठमाडौं । लमजुङमा फेरि भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार मध्यराती १२ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको हो ।
यसअघि पनि लमजुङ केन्द्रबिन्दु भएर लगातार पराकम्पनहरु जाने गरेका छन् । यो २०७२ सालकै गोरखा भूकम्पको पराकम्पन भएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया