‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले’

नेपालखोज २०७८ जेठ ८ गते ९:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको आरोप लगाएका छन्।

शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

यसैक्रममा कांग्रेस नेता थापाले पनि महामारीमा पनि यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नरहेका आशंका गरेका छन् । यो कदमको विरोध गर्दै उनले नअलमलिइ,खुट्टा नकमाइ,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न सबैलाई अपिलसमेत गरेका छन् ।

‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन !’ उनले लेखेका छन् ‘कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए!’

प्रतिक्रिया