भारतमा नयाँ थपिने संक्रमितको संख्या घट्दो क्रममा
नेपालखोज
२०७८ जेठ ८ गते ९:४३

काठमाडौं । भारत अहिले महामारीबाट आक्रान्त अवस्थामा गुज्रिरहेको छ । हरेक दिन कोरोना भाइरसबाट संक्रमित ढाई लाखभन्दा वढि थपिनेक्रम जारी छ भने मृतकको संख्या प्रतिदिन ४ हजारको हाराहारीमा रहेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार २४ घण्टामा २ लाख ५७ हजार २९९ नयाँ संक्रमित फेला परेका छन् । ४ हजार १९४ जनाले यहि अवधिमा ज्यान गुमाए ।
३ लाख ५७ हजार ६३० जना कोरोनामुक्त भएका जनाइएको छ । यो संख्या थपिनेभन्दा निको हुनेको तुलनामा एक लाख वढि हो । जसले गर्दा सक्रिय संक्रमितको संख्या एक लाखले घटेको छ ।
भारतमा नयाँ संक्रमित थपिने क्रम दैनिकरुपमा घट्दै गएको बताइएको छ । तर मृतकको संख्यामा भने कमि आउन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया