कांग्रेसले बाेलायाे सर्वदलीय बैठक

काठमाडाैं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनको बैठक बोलाएको छ । शनिवार बिहान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको निवाश बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो ।
अबको केहि बेरमा नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बिपक्षी गठबन्धनको बैठकमा नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्रका साथै नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरुलाई बोलाइएको छ ।
बैठक पछि नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्ने खेलमा लागेकोले गठबन्धनको निर्णय गरेर प्रतिवाद गर्ने बताए ।
संयुक्त बैठकमा प्रतिनिधिसभा विघटन गर्ने कदमविरूद्ध समान धारणा सँगै बिरोधका कार्यक्रम पनि बनाउने सहमहामन्त्री महतले जानकारी दिए ।

प्रतिक्रिया