एमालेको स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्रीले ब्रिफिङ गर्ने
नेपालखोज
२०७८ जेठ ८ गते ११:४२

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।
राष्ट्रपतिले फेरि संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागको हो ।
बैठक अपराह्न चार बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने जनाइएको छ ।
सरकारको पछिल्लो कदमको विरोधमा एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले बैठक पनि बसिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया