अहिलेको संकटकाे निकास जनमत संग्रह : विप्लव

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुको एजेन्डा पुष्टि भएको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा हुनुले आफ्नो पार्टीले उठाउँदै आएको एजेण्डाको पुष्टि भएको बताए ।
विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहना र आवश्यकतासँग अहिलेको संसदीय व्यवस्था मेल नखाने र सफल नहुने बताए । उनले आफ्नो पार्टीले भन्दै आएको संसद विघटन र मध्यावधि निर्वाचन घोषणाले आफ्नो पार्टीको निष्कर्ष सही सावित भएको स्प्ट पारे ।
विप्लवले अहिलेको संकटलाई उचित निकास दिन जनमत संग्रहमा जानुपर्नेमा समेत जोड दिएका छन् । आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्धारा जनतालाई प्रदान गर्नु ठीक हुने विप्लवको जिकिर छ ।
यदि जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको समेत विप्लवले बताएका छन् ।


प्रतिक्रिया