कांग्रेसले भन्यो- राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रूपमा प्रयोग गरे

नेपालखोज २०७८ जेठ ८ गते १४:०९

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ’राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रूपमा आफू अनुकूल प्रयोग गरिरहेको’ आरोप लगाएका छन् ।

शनिवार (आज) एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीले हठात् अर्को सरकार गठन सिफारिस गर्ने र राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने कार्य ’घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी’ कार्य रहेको उल्लेख गरेका छन् ।

उनीद्वारा विज्ञप्तिमा भनिएको छ । ’’राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरूको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेँ। नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो ।’’

विद्यमान सरकार गठनपछि निरन्तर रूपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाले आरोप लगाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम ’पदको चरम दुरुपयोग गरी संविधान समाप्त गर्न मद्दत’ रहेको ठहर गर्दै संविधानको रक्षार्थ सबै लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन कांग्रेसले आह्वान गरेको छ।

No description available.
No description available.

प्रतिक्रिया