काेराेनाकाे उपचारमा ध्यान नदिएर चुनावको सिफारिस गर्नु गणतन्त्रप्रति प्रहार हाे : महासंघ

नेपालखोज २०७८ जेठ ८ गते १४:२२

काठमाडाैं । नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरेकाे छ ।

महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरेका छन् । पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ ।

अस्पतालमा शय्या, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको अवस्थामा उपचारमा ध्यान नदिएर मध्यरातमा चुनावको सिफारिस गर्नु गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ ।

प्रतिक्रिया