एमाले नेतृ झाँक्री भन्छिन्- यस्तो बेलामा चाहिएको छ महाराज महारानीलाई चुनाव ?

नेपालखोज २०७८ जेठ ८ गते १५:१२

काठमाडौं । माधव नेपाल-झलनाथ खनाल पक्षीय नेकपा एमालेकी सांसद एवं नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभाको विघटनलाई सत्ताको अपराधीकरण संज्ञा दिएकी छिन् ।

सामाजिक सन्जालमा झाँक्रीले लेखेकी छिन्, ‘यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर नपाएर छटपटाइ-छटपटाइ दैनिक दुई सयभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । यो सत्ताको अपराधीकरण हो । यस्तो बेलामा चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाब-किताब त पक्कै राख्नेछन् ।’

देश एउटा अँध्यारो युगमा पसेको बताउँदै झाँक्रीले आफूहरूले अन्तिम समयसम्म संसद् जोगाउन चाहेको भए पनि खराब नियतिका मानिसहरूको षड्यन्त्रका सामु केही नलागेको बताएकी छन् ।

प्रतिक्रिया