निर्वाचन आयोगलाई प्रधानमन्त्रीकाे निर्देशन- घोषित मितिमा निर्वाचन हुन्छ, तयारीमा जुट्नू

नेपालखोज २०७८ जेठ ८ गते १६:४५

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।  

प्रधानमन्त्री ओलीले  राजनीतिक निकास अपरिहार्य भएकाले नै देश  निर्वाचनतर्फ अघि बढेको  स्पष्ट परेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे सिफारिशमा गए राति दुई चरणमा  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति  ताेकेकी छन् । 

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन् ।

प्रतिक्रिया