मंगलबार, वैशाख १६, २०८२

थप ८,९८० जनामा कोरोना संक्रममण पुष्टि, ८,८४८ संक्रमण मुक्त

नेपालखोज २०७८ जेठ ८ गते १७:१२

काठमाडौं । कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । संख्या ६ हजार १५३ जना पुगेको छ । पछिल्लो चाैबीस घण्टामा ८,९८० जना कोरोना संक्रमित थप भएका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया