स्याङ्जामा राष्ट्रपतिको पुतला दहन
नेपालखोज
२०७८ जेठ ८ गते २०:५८

स्याङ्जा । नेपाली कांग्रेस स्याङजाद्वारा शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ । शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौन जुलुस चोकमा पुगेर कोण सभामा परिणत भएको छ । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी शर्मा ओलीको सरकारले राष्ट्रिय, राजनीतिक, मानमर्यादाको समेत धज्जी उडाएको आरोप लगाए ।
सम्बन्धित

प्रतिक्रिया