चीनमा अचानक मौसम खराबी, १०० किमि दौडमा सहभागी २१ धावकको मृत्यु

नेपालखोज २०७८ जेठ ९ गते १२:०६

काठमाडौं । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए । तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो । खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शवहरू फेला पारेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया