संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन सुरू

नेपालखोज २०७८ जेठ ९ गते १३:००

काठमाडौं । संसद विघटनविरुद्ध सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने बताएका छन्

सिंहदरबार भएकाे छलफलमा कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई बोलाएर नागरिकता समेत मागिएको छ । सबै प्रक्रिया पुर्‍याएर सर्वोच्च जाने विपक्षी सांसदहरूको तयारी छ ।

प्रतिक्रिया