निष्ठा र इमानदारिताकाे राजनीतिबाट भागेर नहिँड्न देवकाेटाकाे आग्रह

नेपालखोज २०७८ जेठ ९ गते १४:२७

काठमाडाैं । राष्ट्रिय सभा सदस्यमा निर्वाचित डाक्टर खिमलाल देवकाेटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले फकाएका र थर्काएकाे बताएका छन् ।  

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवकाेटाले आवश्यक परेमा तिनीहरूकाे नाम भन्ने र कसैकसैकाे त ‘भ्वाइस’ रेकर्ड नै राखेकाे पनि बताए । उनले तर पनि आफू अडिग रहेकाे र विचलित भएकाे भए आफ्नाे मात्रै नभइ आफूजस्ता स्वतन्त्र रूपमा कमल चलाउने बुद्धिजीवीहरूकाे इज्जत प्रतिष्ठा जाने बताए ।

साथै डा. देवकाेटाले निष्ठा र इमानदारिताकाे राजनीतिबाट भागेर नहिँड्न, बोली र इमानमा कटिबद्ध हुन आग्रह गरेका छन् । 

प्रतिक्रिया