‘स्वस्थ राजनीति गर्न छाडेर केही नेता चरित्रहीन राजनीतिमा लागे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन राजनीतिमा लागेकाे आरोप लगाएका छन् ।
बालुवाटारमा आइतवार भएको पत्रकार भेटघाटमा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन राजनीति गरेको बताए । उनले नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको दाबी गरे ।
‘अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु, गणतन्त्रमाथिका यस्ता अवाञ्छित क्रियाकलाप सुहाउने कुरा हुन ?’, ओलीले भने, ‘गालीगलौज, चरित्र हत्या, अपशब्दजस्ता चरित्रहीन कुरालाई संस्कार बनाउने प्रयास भयो । यो देशका निम्ति र गौरवपूर्ण सभ्यताका लागि नै चुनौती हो ।’
त्यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाए ।

प्रतिक्रिया