‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा पुर्‍याउँदैन’

नेपालखोज २०७८ जेठ ९ गते १४:४९

काठमाडाैं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालाई गन्तव्यमा पुर्‍याउन धैर्य गरेर संवाद थाल्न नेतृत्वलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उनले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्याउने बताएका छन् ।

कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा नपुर्याएको बताउदै उनले पौराणिक वा आधुनिक बेलाका युद्धको शिक्षा यही भएको उल्लेख गरेका छन् ।

नेता भट्टराईले सबैले आफ्नो विगत हेर्दै धैर्य गरेर संवाद गर्न सुझाएका छन् । पछिल्लो राजनीतिक गतिविधिमा पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाललगायत उनी पक्षका ११ सांसदहरूलाई एमालेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिसकेको छ ।

No description available.

प्रतिक्रिया