निर्वाचनमा सहभागी हुन्नौं भन्नु लोकतान्त्रिक अभ्यास हुँदैन : ओली (भिडियोसहित)

काठमाडौ। । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले निर्वाचनमा भाग लिन्नौ भन्न नसुहाउने टिप्पणी गरेका छन् ।
अहिले बालुवाटारमा जारी पत्रकार सम्मेलन गर्दै उनले प्रजातान्त्रिक पार्टी कांग्रेस लोकतान्त्रिक प्रकृयाविरुद्ध अघि बढ्न नमिल्ने बताएका हुन् । संसद चलिरहेका बेला कांग्रेसकी सचेतक पुष्पा भुसालले केपी ओलीले घोषणा गरेको चुनावमा भाग लिन्नौ भनेको आफुले हिजो मात्र हेरेको बताउँदै उनले कसले बनाएको चुनावमा भाग लिने हो? भनेर सोधेका छन् ।
साथै उनले कांग्रेसले प्रचण्डपथ अंगालेको आरोप पनि लगाए । आवेश उत्तेजनाको राजनीति नगर्न अपिलसमेत गरेका छन् । अरु पार्टी फुटाएर किर्ते नाम लिएर राष्ट्रपति कहाँ हस्ताक्षर लिएर गएको के का लागि उनले कांग्रेस सभापति देउवालाई प्रश्न गरेका छन्।
यसअघि हिजो देउवाले निकालेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमि भनिएकोमा प्रधानमन्त्ती ओलीले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया