संसद विघटनविरुद्ध विपक्षी गठबन्धनको रिट आज दर्ता नहुने

काठमाडौं । संसद् विघटनविरुद्ध विपक्षी सांसदहरुको रिट आज दर्ता नहुने भएको छ। सर्वोच्च अदालतमा ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्ने भए पनि आज नभ्याइएकोले भोलिमात्र रिट दर्ता गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।
रिट दायर गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो।
कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार भएकाले व्यक्ति र व्यक्तिको प्रमाणहरु पेस गर्न लागिएको जानकारी दिइन्।
शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए। प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिक्रिया