प्रधानमन्त्रीले भने- अध्यादेशबाटै बजेट आउँछ
नेपालखोज
२०७८ जेठ ९ गते १५:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका छन् । आज दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले जेठ १५ गते अध्यादेशबाटै बजेट आए पनि एक औपचारिक कार्यक्रम गरी बाचन गरिने बताए ।
अध्यादेशबाट बजेट आए पनि सस्तो लोकप्रियता र अल्पकालिन फाइदाका लागि नआउने प्रधानमन्त्री ओलीको दाबी छ । अहिलेको परिस्थिती कोभिड १९ बाट आक्रान्त रहेकाले बजेट पनि कोरोनामै केन्दित हुने उनले बताए ।
त्यस्तै, केहिदिन अघि सिंहदरबारमा बजेट अध्यादेशमार्फत आउँछ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जिवित छ’ भन्ने जवाफ दिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया