चौबीस घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ६६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
आज देशभरबाट १८ हजार ९ सय ६५ नमुनाको पिसिआर परीक्षण गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १६ गरि जम्मा ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ४९ र होम आइसोलेसनमा १ लाख ८ हजार १ सय ९८ जना रहेका छन् । हाल देशभर ८ सय ७३ जना क्वारेन्टिनमा रहेका छन् ।
आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ गरि जम्मा २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ९३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया