कोभिडको उपचारमा रामदेवले दिएको बयानप्रति भारतीय चिकित्सक संघको आपत्ति
रामदेवले विज्ञानप्रति अविश्वास व्यक्त नगरेको पतञ्जलिको स्पष्टीकरण

काठमाडौं । भारतीय चिकित्सक संघ (आइएमए) ले योग गुरु रामदेबको नाममा कानुनी नोटिस पठाएको छ । रामदेवले केहिदिन अघि दिएको बयानमा आपत्ति जनाउँदै चिकित्सक संघले नोटिस पठाएको हो ।
योग गुरु रामदेवले कोरोना संक्रमितहरुको मृत्यु हुनुमा एलोपेथिक उपचार पद्धति पनि एक मुख्य कारण रहेको बताएका थिए । यस्तै सामाजिक सञ्चालमा भाइरल भइरहेको अर्को एक भिडियोमा कोरोना संक्रमितको उपचार पद्धतीबाट प्लाज्मा थेरापी विधी, क्लोरोक्वीन, रेमडेसिभिर, एन्टि बायोटिक लगाएतका विधिहरु सफल नभएको बताएका थिए ।
सोही विषयमा आपत्ति जनाउँदै आइएमएले नोटिस पठाएको बीबीसी उल्लेख गरेको छ । रामदेवको यसप्रकारको अभिब्यक्तिले संस्थाको गरिमा तथा भरोसामा ठेस पुगेको चिकित्सक संघले जनाएको छ ।
यसैबीच रामदेवको अभिब्यक्तिले विवाद सिर्जना गरेपछि पतंजली योगपिठले सफाई पेश गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पतंजलीका प्रवन्ध निर्देशक आचार्य बालकृष्णले कहिल्यै पनि रामदेवले आधुनिक विज्ञानप्रति अविश्वास व्यक्त नगरेको बताएका छन् । पछिल्लो सातामात्रै भारतीय मेडिकल काउन्सिलले कोरोनाको उपचार पद्धतीबाट प्लाज्मा थेरापी विधि हटाएको थियो ।
प्रतिक्रिया