दाङमा कानुनविपरीत काम गर्ने १० क्रसर उद्योगको सेवा कटौती गर्ने चेतावनी
नेपालखोज
२०७८ जेठ ९ गते १९:३०

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौती गर्ने चेतावनी दिएको छ ।
कानुन विपरीत काम गरेको पाइएपछि गएको वर्ष मङ्सिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धी काम बन्द गर्न निर्देशन दिएको थियो । तर अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगमा जोडिएका विद्युत्, खानेपानीलगायतका सेवा सुविधा बन्द गरिने प्रशासनले निकालेको सूचनामा भनिएको छ ।
साथै उद्योग र सञ्चालकसमेतको बैंक खाता, कारोबारलगायतका काम रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सूचनामार्फत चेतावनी दिए ।

सम्बन्धित

प्रतिक्रिया