भ्रष्टाचारको समाचार लेखेपछि थुनामा परेकी बंगलादेशी पत्रकार रोजिना रिहा

नेपालखोज २०७८ जेठ ९ गते २०:०४

बंगलादेश । प्रहरी हिरासतमा रहेकी बंगलादेशकी चर्चित पत्रकार रोजिना इस्लामलाई सशर्त जमानत प्रदान गरिएको छ । जमानतसँगै रोजिना आजै थुनामुक्त हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोजिनालाई प्रहरीले अघिल्लो सोमबार पक्राउ गरेको थियो ।

पक्राउलगत्तै बंगलादेश भर उनको समर्थनमा ब्यापक प्रदर्शन भएको थियो भने अन्तर्राष्ट्रिय रुपमा चर्को निन्दा गरिएको थियो । प्रदर्शन र अन्तर्राष्ट्रिय निन्दापछि रोजिनालाई जमानत प्रदान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सूचना चोरेको आरोपमा प्रहरीले रोजिनालाई पक्राउ गरेको थियो । सरकारी गोप्यता ऐन अन्तर्गत पक्राउ परेकी रोजिनामाथी आरोप पुष्टि भएमा मृत्युदण्डसम्मकै सजाय हुने व्यवस्था छ । ढाकास्थित म्याजिस्ट्रेट कार्यालयले रोजिनालाई ५ हजार टाका तथा राहादानी उपलब्ध गराउन आदेश दिएको छ ।

साथै उक्त आदेशसँगै उनलाई जमानत प्रदान गरिएको र आजै रिहा गरिने बताइएको छ । लामो समयदेखि अनुसन्धानमूलक पत्रकारिता गर्दै आएकी रोजिनाले कोभिड–१९ महामारीका बेला सरकारले भ्रष्टाचार गरेको समाचार लेखेकी थिइन् ।

प्रतिक्रिया