दिल्लीमा लकडाउन एक साता लम्बाइयो

नेपालखोज २०७८ जेठ ९ गते २३:५०

दिल्ली। भारतको दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप भएको छ । दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले मे ३१ सम्मका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताउँदै उनले लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २ दशमलब ५ प्रतिशतमा आएको दाबी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने भएकाले लकडाउन थपिएको बताए ।

यस्तै संक्रमितको उपचारको क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा पनि दिल्ली सरकारले गरेको छ ।

त्यस्तै, केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको दोहो¥याउँदै पर्याप्त खोप पाएमा अबकोे तीन महिनाभित्रै दिल्लीका सबै नागरिकलाई खोप लगाउने योजना रहेको सुनाए । खोप अभावकै कारण दिल्लीमा १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ ।

प्रतिक्रिया