एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित
नेपालखोज
२०७८ जेठ ९ गते २३:००

काठमाडौं । कोरोना महामारीका कारण एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको हो ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने पनि जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भईसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ ।
श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया