कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक
नेपालखोज
२०७८ जेठ १० गते ९:११

संखुवासभा । जिल्लाको मकालु बरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ ।
कोरोना भाइरस जोमिख न्यूनिकरण तथा सुरक्षा संवेदनशिलतालाई मध्य नजर गर्दे यस बर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको हो ।
मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख रामदेव चौधरीले कोरोना भाइरसको संक्रमण एक अर्कामा सर्ने खतरा वढेकाले तत्कालका लागि यार्सागुम्बा संकलनको काम रोकिएको जानकारी दिए ।
तर कोरोना नियन्त्रणमा आउनेवित्तिकै पुनः अनुमति दिन सकिने उनले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया