‘संक्रमितलले आफ्नो काम आफैं गर्न नसक्ने भए तत्काल अस्पताल पुर्याऔं’

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) भएर घरमै ‘होम आइसोलेसन’ मा बसेका संक्रमितहरुले आफ्नो काम आफैं गर्न नसक्ने अवस्था भए उनीहरुलाई तत्काल अस्पताल लैजानुपर्छ ।
वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युतराज कार्कीका अनुसार होम आसोलेसनमा बसेको व्यक्ति आफ्नो काम आफैं गर्न नसक्ने अवस्था आउनेबित्तिकै अस्पताल पुर्याउनुपर्ने बताउँछन् । ‘संक्रमितलाई ऊ बसेको ठाउँमै गएर सहयोग गर्नुपर्ने अवस्था छ भने घरका अरु सदस्यले यो सम्झिनुपर्छ कि उसलाई अस्पताल लैजाने अवस्था हो,’ डा. कार्की भन्छन्, ‘होम आइसोलसेनमा त्यस्ता संक्रमित बस्ने हो, जो आफ्नो काम आफैं गर्न सक्छन् ।’
उनले आफैँ खाना खान नसक्ने, वृद्धवृद्धा तथा अपाङ्गता भएका हरुलाई सकेसम्म होम आइसोलेसनमा नराख्न सुझाव दिएका छन् । उनी त्यस्ता संक्रमितलाई चाँडो अस्पताल लैजान सुझाउँछन् । उनले आफ्नो काम गर्न नसक्ने अवस्थाका संक्रमितलाई अरुले सहयोग गर्दा सहयोग गर्ने व्यक्तिलाई पनि संक्रमणक हुन सक्ने भएकाले अस्पताल लैजानु नै उपयुक्त बताउँछन् ।
तर अस्पताल लैजाने अवस्था नभए होम आइसोलेसनमा बसेकालाई मास्क, फेससिल्ड, पञ्जाजस्ता सुरक्षाका उपाय अपनाएर सहयोग गर्न सकिने उनले बताए । सकेसम्म संक्रमित रहेका व्यक्ति बसेको ठाउँमा कम समय रहन उनको सुझाव छ । यसरी सहयोग गर्दा आफूले लगाएको मास्कमा हात लैजान नहुने उनले बताए ।
प्रतिक्रिया