सोमबार, वैशाख २४, २०८१

विपन्न परिवारलाई मालिका बचत र नारायणी आयलको सहयोग

नेपालखोज २०७८ जेठ १० गते १२:४८

काठमाडौं । दृष्टिविहीन सुशील थापा र सुनीता थापाको परिवारलाई मालिका बचत तथा ऋण सहकारी संस्था र नारायणी आयल रिफाइनरी उद्योग प्रालिका तर्फबाट खाद्यान्न र नगद सहयोग प्रदान गरिएको छ ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञामा खाद्यान्न अभाव झेलिरहेका उनीहरुलाई सहयोग गरिएको हो ।

अछाम स्थायी घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका उनीहरुलाई घरमै पुगेर सहयोग गरिएको मालिका बचतका अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए । १५ हजार रुपैयाँबराबरको खाद्यान्न र २० हजार रुपैयाँ नगद थापा परिवारलाई अध्यक्ष धामीले हस्तान्तरण गरे ।

दृष्टिविहीन परिवारलाई खाद्यान्न तथा नगद सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको अध्यक्ष धामीले बताए । प्राप्त सहयोगबाट केही महिनाका लागि खाद्यान्न पुग्ने बताउँदै थापा दम्पत्तीले धामीको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया