स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत

नेपालखोज २०७८ जेठ १० गते १६:२७

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । आज भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई सबैले प्राथमिकता दिनुपर्दछ ।’

त्यस्तै त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताए । थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुसलगायतका देशसँग पनि सकारात्मक छलफल भइरहेको उनको भनाईछ ।

प्रतिक्रिया