नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सरकारले जारी गरेको नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकोप्रति ध्यानाकर्षण गराएको छ ।
संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौं गलत एवम् त्रुटिपूर्ण प्रावधानहरु रहेको भन्दै आफूहरुले त्यसबेला पनि विरोध गरेको र हरेका नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार रहेको र उक्त सुविधा पाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको सोमबार महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘दोस्रो, नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी आली सरकारलाई दिन चाहन्छ’- विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया