सुदूरपश्चिमलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेपालखोज २०७८ जेठ १० गते २०:०४

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो । कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाएको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाल पक्षका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए ।

यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए । जसमा एमालेको नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेको दाबी गरिएको थियो ।

प्रतिक्रिया