शनिबार, जेठ ५, २०८१

नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक

नेपालखोज २०७८ जेठ ११ गते १५:५३

काठमाडौं । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो ।

करिब तीन सातादेखि कोरोनासँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा सोमबार निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

प्रतिक्रिया