पूर्वसभामुखहरूको निष्कर्ष- राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थमा संसद् विघटन गरे

नेपालखोज २०७८ जेठ ११ गते १६:४९

काठमाडौं । पूर्व सभामुखहरूले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ढङ्गले व्यक्तिगत स्वार्थका लागि प्रतिनिधि सभा विघटन गरेकाले निष्कर्ष निकालेका छन् ।

सभामुख अग्नि सापकोटाले मङ्गलवार (आज) गरेको छलफलमा पूर्व सभामुखहरूले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानूनी लडाइँ लड्नुपर्ने राय दिएका छन् ।

छलफलमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती उपस्थित थिए भने तारानाथ रानाभाट र दमननाथ ढुङ्गानाले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।

बैठकपछि पूर्व सभामुख तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोना महामारीका बेला सरकारले सबै दललाई साथ लिएर प्रभावकारी काम गर्नुपर्नेमा अर्को राजनीतिक सङ्कट थप्नु गम्भीर आपत्तिको विषय भएको बताए ।

त्यस्तै पूर्व सभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सरकार र राष्ट्रपतिको कदम संविधानको ठाडो उल्लङ्घन भएको बताएकी छन् ।

प्रतिक्रिया